Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

  • काठमाडौं । जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् ।

    images
    images
    images

    मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी सङ्कलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले रु १२ लाख ७० हजार ४१९ राजस्व सङ्कलन भएको जनाएको छ । गत आव ३४ दशमलव १९ केजी यार्सागुम्बाबाट रु १० लाख ८९ हजार ८९० राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए ।

    images

    मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत जडीबुटीबाट राजस्व सङ्कलन गरिएको हो ।

    गत आव मनासलु क्षेत्रबाहेकका अन्य वनक्षेत्रबाट सङ्कलित ३५ हजार ५८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले सात लाख रु ४५ हजार ९८५राजस्व सङ्कलन गरेको जनाएको छ। कार्यालयले सबैभन्दा धेरै जटामसीबाट रु तीन लाख ५६ हजार २५०सङ्कलन गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij