Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

सवा घन्टा पर्खाइपछि महाधिवेशन स्थलमा रवि र बालेन एकसाथ इन्ट्री

सवा घन्टा पर्खाइपछि महाधिवेशन स्थलमा रवि र बालेन एकसाथ इन्ट्री

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आजबाट चितवनमा सुरु भएको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको इन्ट्री भएको छ । उनीहरू कार्यक्रम सुरू भएको सवा घन्टापछि एकसाथ आएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाले महाधिवेशन सहभागीका लागि दिउँसो १ बजे  र उद्घाटन सत्र २ बजे सुरु हुने जनाएको थियो । उद्घाटन सत्रमा भाग लिन चितवनको चर्को घाममा सहभागी समर्थकहरु बिहानैदेखि गेष्ट हाउसको चउर आइपुगेका थिए।

    AGNI GROUP

    अतिथिहरु पनि लगभग सबैजना मञ्चमा आइसक्दा रवि र बालेनका लागि लामो प्रतीक्षा गर्नुपरेको थियो ।

    उनीहरूभन्दा अगाडि नै प्रमुख प्रतिपक्ष दलका सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदिप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वर्षामान पुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका राजनीतिक दलका नेताहरु सबै मञ्चमा आसिन भइसकेका थिए ।

    balen rabi.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij