
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । झापाको काँकडभिट्टामा नाकाको सुरक्षा र निगरानीका लागि सिसीक्यामेरा जडान गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसीक्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका काँकडभिट्टालाई सुरक्षित सहरका रूपमा विकसित गर्न हरेक चोक र सडकमा सिसीक्यामेरा जडान गर्ने कार्य थालिएको छ । मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा हालसम्म ४२ क्यामेरा विभिन्न स्थानमा जडान भइसकेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले काँकडभिट्टाका साथै विराटनगरमा समेत सिसीक्यामेरा जडान गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij