Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

पन्ध्र सय वर्ष पुरानो पात्र जात्रा शुरू

पन्ध्र सय वर्ष पुरानो पात्र जात्रा शुरू

  • काठमाडौं । काठमाडौंको गोरक्षनाथपीठ मृगस्थलीबाट पन्ध्र सय वर्ष पुरानो जात्रा शुरू भएको छ । बिहीबार हरिशयनी एकादशीका दिन मृगस्थलीबाट पात्र देउताको जात्रा प्रारम्भ भएको हो । आजबाट शुरू भएको जात्रा हनुमानढोकामा पुग्नेछ । त्यसपछि बालाजु, रामपौवा, बट्टार, लहरेपौवा, कालिकास्थान हुँदै रसुवाको धुन्चे, चन्दनबारी, लौरीविनायक पुग्नेछ । 

    images
    images
    images

    यो देवताको पूजन भ्रमण विधिबाट हुने गरेको गोरक्षनाथपीठका महासचिव योगी डा. दयानाथले बताए । गोरक्षनाथपीठका महन्थ श्रीषनाथको अगुवाइमा शुरू भएको जात्रा रसुवाको गोसाइँकुण्ड पुग्नेछ ।

    images

    यो पुरानोमध्येको एक जात्रा भएको महन्थ श्रीषनाथको भनाइ छ । उनका अनुसार ५२२ सालमा राजा नरेन्द्र देवको पालामा गोरखनाथ एकै स्थानमा ध्यानमग्न थिए । त्यसपछि जात्रा शुरू भएको पाइएको महन्थ श्रीषनाथले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij