
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधी पसलहरुमा बजार अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको संयोजकत्वमा जिल्लाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको हो । औषधी पसल संचालकले स्वास्थ्य मापदण्ड अनुसार संचालन गरे नगरेको बिषय सगै म्याद सकिएका औषधीका बिषयमा अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका स्वास्थ्यकर्मी सहित पर्यटन उद्योग कार्यालय, उपभोक्ता मन्च, पत्रकार महासंघ, प्रहरी, स्थानीय सरकारका प्रतिनिधि र सम्वन्धित पालिकाका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागितामा औषधी पसल सहित अन्य पसलहरु पनि अनुगमन गरिएको थियो ।
बजार अनुगमनका क्रममा भीरकोट नगरपालिकाको बयरघारी बजारमा औषधी पसलहरुमा टोलीले अनुगमन गरेको छ । भीरकोटमा संचालनमा रहेका ४ ओटा औषधी पसलहरु अनुगमन गर्दा केही पसलहरुले स्वास्थ्य मापदण्ड विपरीत कार्य गरिएको भेटिएको अनुगमन टोलीका संयोजक सहायक प्रजिअ पौडेलले बताए ।
३ ओटा औषधी पसलहरुलाई जरिवाना तोकिएको र १ औषधी पसललाई सचेत गराइएको पौडेलको भनाई छ । औषधी पसलले एकबर्ष अगाडी दिएको सुझाव अनुसार केही सुधार गरेपनि म्याद सकिएका औषधी बिक्रिका लागि राखिएको भेटिएपछि जरिवाना तोकिएको टोलीले जनाएको छ । ५ हजारका दरले दुई औषधी पसल र ६ हजार जरिवाना गरी ३ ओटा औषधी पसललाई १६ हजार जरिवाना तोकिएको पौडेलले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij