Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

पदमुक्त

जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त

जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त

प्रदेश सभाको बुधबारको कार्यसूचीमा उनी पदमुक्त भएको जानकारी उल्लेख छ।

  • काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन्।  

    images
    images
    images

    प्रदेश सभाको बुधबारको कार्यसूचीमा उनी पदमुक्त भएको जानकारी उल्लेख छ। कार्यसूचीको दुई नम्बरमा भनिएको छ, माननीय प्रदेशसभा सदस्य श्री गीता गुरुङको प्रदेशसभा सदस्य पदको स्थान रिक्त भएको सूचना माननीय सभामुखले सभालाई जानकारी गराउँनु हुने।

    images

    श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जाल मार्फत जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङले वैशाख ३० गते राजीनामा दिएको जानकारी गराएका थिए। गीताले इमेलमार्फत राजीनामा पठाएकी थिइन्।

    पछिल्लो समय बेलायत बस्दै आएकी उनी लगातार १० वटा बैठकमा अनुपस्थित भएपछि संविधान र नियमावली अनुसार पद रिक्त भएको घोषणा गरिएको हो। उनी समानुपातिक सांसद हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij