
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौं । लक्ष्मी ग्रुपले यही शनिबार र आइतबार बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी “LAXPERIENCE २०२५” आयोजना गर्ने भएको छ।
यस प्रदर्शनीलाई Hyundai, BMW, Kaiyi र Forthing जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक द्यःध् को सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्नेछ ।
आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ । यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ ।
कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन् । साथै, नेल आर्ट, मेहेन्दी, निस्शुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij