
May 29 2025 | २०८२, जेठ १५ गते
काठमाडौं । रौतहट प्रहरीले जिल्ला अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले बुधबार सार्वजनिक गर्दै अदालतमा पेस गरेको छ ।
जसअन्तर्गत कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादीहरु गरुडा नगरपालिका–२ गेडहीगुठीका ३५ वर्षीय सुनिल सहनी, ६५ वर्षीय बलिराम सहनी, ५५ वर्षीय कृष्णनन्दन सहनी र ३९ वर्षीय शशि सहनी पोथियाहीका ६० वर्षीय जुकिन्द्र साह र ६५ वर्षीय जम्दार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij