Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

किसानलाई रोपाइँको चटारो  तर, पानी र मल अभाव

किसानलाई रोपाइँको चटारो  तर, पानी र मल अभाव

  • काठमाडौं । काठमाण्डौमा  पानी पर्न थालेसँगै किसानलाई धान रोपाइँको चटारो शुरु भएको छ । काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका जिल्लामा रोपाइँ भैरहेको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा लगातारजसो पानी परेको छ ।

    images
    images
    images

    सुदूरपश्चिमलगायत केही जिल्लामा भने पानीको अभाव हुँदा रोपाइँमा असर परेको छ । रोपाइँका लागि पर्याप्त पानी नहुँदा बोरिङबाट तानेर रोपाइँ गर्न थालेको कैलाली, कञ्चनपुरलगायत जिल्लाका किसानले गुनासो गरेका छन् ।

    images

    कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कैलालीमा अहिलेसम्म झण्डै १२ प्रतिशतमा रोपाइँ भएको छ । यस्तै, रोपाइँ शुुरु भइसक्दासमेत रासायनिक मल नपाएको किसानको गुनासो छ ।  

    सरकारले यसपटक धान बालीमा मलको अभाव नहुने दाबी गर्दै आए पनि किसानले मकै र धानका लागि पर्याप्त मल पाएका छैनन् । आम्दानी गर्ने र जीविका चलाउने मुख्य बालीका रुपमा बर्खे धान बालीलाई लिइन्छ ।

    मल र सिँचाइको अभावले मुख्य बालीको उत्पादनमा असर पर्न सक्ने किसानको गुनासो छ । उच्च पहाडका जुम्लालगायत आसपासका क्षेत्रमा मार्सी धानको रोपाइँ सकिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij