
Jun 04 2025 | २०८२, जेठ २१ गते
काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१४ पर्सावलमा श्रीमान्को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय हशिवुन निशा रहेको प्रहरीले जनाएको छ ।
गत बिहीवार राति भारतीय नागरिकसँग मिलेर २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरेपछि खेतमा गाडिएको अवस्थामा शव फेला परेको थियोे ।
हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ । उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए । आफ्नो सम्बन्धका बारेमा श्रीमान्ले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । हत्यापछि हशिवुनले आफ्ना श्रीमान् बिहीवार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरीमा उजुरी दिएकी थिइन् ।
तर अनुसन्धान गर्दै जाँदा आफैँले श्रीमान्को हत्या गरेर प्रहरीमा उजुरी दिन आएको तथ्य खुलेको हो । उनले श्रीमानले आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने गरेपछि साथीलाई बोलाएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij