Logo

Jun 05 2025 | २०८२, जेठ २२ गते

Jun 05 2025 | २०८२, जेठ २२ गते

नख्खुमा सट्टेबाजी : ८१ करोड ४७ लाखको कारोबार

नख्खुमा सट्टेबाजी : ८१ करोड ४७ लाखको कारोबार

  • काठमाडौं । प्रहरीले अनलाइन जुवा (सट्टाबाजी) सञ्चालनमा संलग्न ठूलो गिरोहलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    विभिन्न देशका व्यक्तिहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्कमा ल्याई अनलाइन बेटिङ साइट 711Bat.club र Unicon 365 को प्रयोग गरी व्यवसायिक रूपमा जुवा खेलाउने कार्यमा संलग्न १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको टोलीले ललितपुरको जैनखेल र नख्खुस्थित दुई स्थानमा छापा मारेर पाँच जना भारतीय र १२ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा ठक्कर कुँवर ,तिलक खड्का, जित बहादुर महतो,  राजेन्द्र ब महता (कञ्चनपुर), सुवाश खड्का (डोटी), विकाश थापा, डायमण्ड कुँवर, मनोज बोगटी (अछाम), अरविन खड्का (कैलाली), हर्क ब खड्का (डोटी), पुर्ण दर्लामी (रुपन्देही), विष्णु कुमार राउत (दाङ) लगायत  १२ नेपाली छन्।

    बाँकी भारतकाे बिहारका दीपक कुमार सिंह, ऋषमराज, अंकित कुमार सिंह, धिरज कुमार सिंह र माेहित कुमार सिंह गरी पाँच जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।

    images

    पक्राउ परेकाहरूले अनलाइन जुवाको कारोबारमार्फत हालसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रुपैयाँ ४० पैसा बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

    उनीहरुलाई जैनखेलमा एक घरमा र नख्खुस्थित सनराइज अपाटएमेन्टको फ्ल्याट भाडामा लिई व्यवसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने गरेको अवस्थामा सोमबार पक्राउ गरेको कार्यालयका सूचना अधिकारी एसपी काजी कुमार आर्चायले जानकारी दिए ।

    उनीहरुकाे साथबाट विभिन्न कम्पनीको ल्यापटप १४थान,  विभिन्न कम्पनीको सिमकार्ड भएका/नभएका मोवाईलहरु ६०  थान,
    विभिन्न बैंकको चेकबुक र वचत पासबुक ९ थान, विभिन्न व्यक्तिहरुको नामको  भिसा कार्डहरू १५ थान,  विभिन्न व्यक्तिहरुको नामको नेपाली राहदानी ४  थानर भारतिय राहदानी ४ थान

    बरामदी ल्यापटप तथा मोबाईलहरुको प्रारम्भिक अनुसन्धान ८१ करोड बराबरको अनलाईन जुवा कारोबार गरेको देखिन आएको हुँदा निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, जावालाखेल ललितपुर पठाइएको सूचना अधिकारी आर्चायले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij