Logo

Jun 04 2025 | २०८२, जेठ २१ गते

Jun 04 2025 | २०८२, जेठ २१ गते

झापामा गर्मीका कारण एक बृद्धको मृत्यु

झापामा गर्मीका कारण एक बृद्धको मृत्यु

  • काठमाडौं ।  दमक नगरपालिका वडा नं ८ का ६७ वर्षीय मोतिराज राई ९राई कान्छा० को अधिक गर्मीका कारण मृत्यु भएको बताईएको छ । अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । 

    images
    images
    images

    आइतबार दिउँसो राईलाई स्थानीय मकैबारीमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको वडा नं । ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले बताउनुभयो ।  उहाँ मजदुरी गरेर जिविको पार्जन गर्दै आउनुभएको थियो । 

    images

    अल्कोहल सेवन गरेको र मकैबारीमा लडेपछि उठ्न नसक्दा गर्मीका कारण ज्यान गएको भन्ने बुझिएको छ, वडाध्यक्ष दाहालले भन्नुभयो । खाना खाएर राई घरबाट निस्केको पनि बताईएको छ ।

    इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाका अनुसार घाँस काट्न जाँदा बारीमा मृत अवस्थामा बृद्धलाई स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij