
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपिओ निष्काशनको अनुमति पाएको छ । सेबोनले उक्त कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।
बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्ने छ । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।
शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij