
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने जानकारी दिएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले सार्वजनिक सेवा प्रवाहमा निखारता ल्याउने जानकारी दिएको हो ।
विभागका अनुसार राम्रा असल र जनमुखी रचनात्मक कार्यहरू सम्पादन गरी संविधानले परिकल्पना गरेका विषयहरू र सरकारले लिएका संकल्प र नीतिहरूको अर्थपूर्ण कार्यान्वयन गरी आगामी दिनमा वैदेशिक रोजगार विभागको सेवा प्रवाहमा गुणात्मक एवं रचनात्मक सुधार आउने कुरामा विभाग विश्वस्त रहेको छ ।
भूमण्डली करणको प्रभाव सार्वजनिक सेवा प्रवाहका नवीनतम विधि प्रविधि नविनतम सोच एवं संकल्पलाई मूर्त रूप दिन थप सकरात्मक पहल गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई थप प्रभावकारी र संस्थागत गर्दै लगिने पनि विभागको प्रतिबद्धता रहेको छ ।
साथै, सार्वजनिक सेवाको क्षेत्रमा देखिएका वैदेशिक रोजगारी ठगी, राहत, उद्दार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभाग तत्पर र क्रियाशील रहने पनि उल्लेख गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij