
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ ।
यही भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ ।
सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्ड बाट खेलिसकेकी छन् ।
स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन् । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।
यसअघि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।
कर्णाली यसभिएस पहिलो संस्करणको विजेता पनि हो । दोस्रो संस्करण पनि आफ्नो पोल्टामा पार्नका लागि विदेशी खेलाडी समेत आफ्नो टिममा समावेश गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij