Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

एनपीएल दोस्रो संस्करणको तिथि घोषणा, २७ दिनसम्म चल्ने

एनपीएल दोस्रो संस्करणको तिथि घोषणा, २७ दिनसम्म चल्ने

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो मंसिर १ गते (नोभेम्बर १७) देखि सुरु हुने भएको छ ।

    images
    images
    images

    एनपीएल-२०२५ मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने आयोजक क्यानले जानकारी दिएको छ । प्रतियोगिता सुरु हुने दिन सोमबार परेको छ भने फाइनल खेल २७ गते शनिबारको दिन राखिएको छ ।

    images
     
    क्यानले एनपीएलको तयारी तीव्र पारेको छ । एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । ८ फ्रेन्चाइज टोली सहभागी हुने एनपीएलमा विदेश खेलाडी अनुबन्ध गर्न बाँकी छ ।
     
    क्यानका सचिव पारस खड्काले यसपटक धेरै सर्प्राइज भएको बताएकोले दोस्रो संस्करणलाई थप चासोका साथ हेरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij