Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
विपक्षी दलको अवरोधका कारण सोमबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरी जेठ २६ गते मंगलबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।
गत जेठ १९ गते स्थगित भएको संसद् बैठक सोमबार बसेकामा केहीबेरमै स्थगित भएको थियो।
विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम(३) बमोजिम सभामुखले जेठ २६ गते मंगलबार बस्ने गरी समय निर्धारण गरेको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।
सोमबारको बैठकमा विपक्षी सांसदहरूले सीमा विवादसम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेन्द्र शाहको स्पष्टीकरण र बजेटमा करका दर हेरफेर गरिएको विषयमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमाथि राजद्रोहको मुद्दा लगाउन माग गरेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij