Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

९.२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

९.२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

  • काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसुचक घटेको छ । आज नेप्से पसिुचक ९.२२ अंकले घटेर २७५७.९७ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि बुधबार नेप्से ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा पुगेर रोकिएको थियो ।

    images
    images
    images

    यसदिन कुल ३१९ स्टकको ५ अर्ब २ करोड १० लाख ४ हजार ८१६ रुपैयाँ बराबरको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर कारोबार भएको छ । यसअघि बुधबार ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर कारोबार भएको थियो ।

    images

    यस दिन सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ। आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३२.१० रुपैयाँले बढेर ३५३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८०.१९ रुपैयाँले बढेर १५७३.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    त्यसैगरी रसुवागढी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ८.९५ रुपैयाँले बढेर ३२१.४३ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सानीमा ग्रोथ फण्डको शेयर मूल्य ०.२९ रुपैयाँले बढेर प्रतिकित्ता १०.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    यसदिन जनउत्थान सामुदयिक लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ४.६५ प्रतिशतले घटेर १२६३.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.५३ प्रतिशतले घटेर ५७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, पञ्चकन्या हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.०८ प्रतिशतले घटेर ३९६.०८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    images

    आज नेपाल रिइन्स्योरेन्स कमपनी, हिमालयन रिइन्स्योरेन्स, बलेफि हाइड्रोपावर र बुटवल पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij