
Aug 21 2025 | २०८२, भदौ ५ गते
काठमाडौँ । संखुवासभा र रोल्पाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको छ ।
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाको खाँदबारी नगरपालिका-८ बस्ने १९ वर्षीय पुस्कर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पुस्करले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभा बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पाको रून्टीगढी गाउँपालिका-८ चिउरीपानी बस्ने ४० वर्षीय लोक बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लोक बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij