Logo

May 16 2025 | २०८२, जेठ २ गते

May 16 2025 | २०८२, जेठ २ गते

नेकपा एमाले

१६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्छ : सांसद श्रेष्ठ

१६औं पञ्चवर्षीय योजनाअनुसार अबको बजेट बन्नुपर्छ : सांसद श्रेष्ठ

बैठकमा बोल्दै उनले एकातिर योजना बनाउने र अर्कोतर्फ काम गर्दा लक्ष्यमा पुग्न नसकिने बताएका हुन् ।

  • काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले १६औं पञ्चवर्षीय योजना अनुसार अबको बजेट बन्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एकातिर योजना बनाउने र अर्कोतर्फ काम गर्दा लक्ष्यमा पुग्न नसकिने बताएका हुन् ।

    उनले भने, ‘१६औं पञ्चवर्षीय योजनाअनुसार बजेट बन्न सक्नुपर्छ । एकातिर  हामीले योजना बनाउने, काम चाँही अर्को तर्फ गरेपछि लक्ष्यमा पुग्न सकिँदैन । अहिलेसम्म हामीले पञ्चवर्षीय योजनाअनुसार काम गर्न सकेका छैनौं। त्यसैले  हामीले  यसलाई आधार मानेर जान सक्नुपर्छ ।’

    साथै, उनले मानव सूचांकको आधारमा बजेट विनियोजन गरिनुपर्ने सुझाव दिए । उनले मधेश प्रदेश शिक्षामा सबैभन्दा पछि परेको र गरिबीमा कर्णालीपछि दोस्रोमा पनि मधेश प्रदेश नै परेकोले मानव विकास सूचांकको आधारमा बजेट छुट्याउनुपर्ने माग गरे । उनले मधेशलाई सामाजिक र आर्थिक रुपमा रुपान्तरण गर्न आवश्यक रहेको औंल्याए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij