
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । उच्च अदालत पाटनले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
आज सोमबार उच्च अदालतका न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले छलफलका लागि दुवै पक्षलाई बोलाएको हो । टेलिकमका तर्फबाट रामनाथ वण्ठा थारुले दायर गरेको रिटमा अदालतले कारण देखाऊ आदेश दिएसँगै लाइसेन्स खारेजी रोक्ने स्मार्टको प्रयास असफल भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij