Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

अवैध घरेलु मदिरासहित ३ जना पक्राउ

अवैध घरेलु मदिरासहित ३ जना पक्राउ

  • काठमाडौँ । अवैध घरेलु मदिरासहित प्रहरीले विराटनगरबाट ३ जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरी टोलीले अटोमा लोड गरी ल्याउँदै गरेको ४५५ लिटर घरेलु मदिरासहित तीनजनालाई नियन्त्रणमा लिएको हो । 

    images
    images
    images

    उनीहरुलाई को १ ह १८६९ नम्बरको टेम्पोसहित नियन्त्रणमा लिईएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर-५ बस्ने वर्ष ३६ का दिपेन्द्र अमात्य, बेलबारी-११ बस्ने वर्ष ३७ की सुनिता राई र सोही ठाउँकी ५० वर्षीया शोभा राई रहेको प्रहरीले जनाएको छ । 

    images

    मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठका अनुसार बरामद मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालयलाई बुझाईएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij