
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के भएकी छन् ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८2/०2/२8 को (माननीय मन्त्रीस्तर) निर्णय बमोजिम मिति २०८2/०2/२8, च.नं. संस्थान/३१७८ को नियुक्ति पत्रबाट उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।
यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने आज (२०८२ जेठ २८ गते) देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी.ई. गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij