Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

पक्राउ

कैलालीमा गोली चल्यो, २ जना पक्राउ

कैलालीमा गोली चल्यो, २ जना पक्राउ

  • काठमाडौं । कैलालीमा गोली चलेको छ । प्रहरीले गोली चलाएर दुई जानलाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    गोली चलाएर दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता राजकुमार सिंहले बताए । उनका अनुसार गोली चलाएर ज्यान मार्ने उद्योगका आरोपित मिलन चन्द र रिदम ढुंगानालाई पक्राउ गरिएको ।

    images

    खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा लागेका उनीहरू फरार थिए । कैलालीले प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको थियो । पक्राउ परेर ल्याउने क्रममा भजनी गाउँपालिका–७ मा आएपछि पिसाब फेर्ने क्रममा उनीहरू फरार भएका थिए ।

    त्यसपछि नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रहरीले बताएको छ । त्यति गर्दा पनि उनीहरू फरार भएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रवक्ता सिंहले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij