Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

राष्ट्रपति र प्रधानमन्त्रीले दिए सोनाम ल्होसारको शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीले दिए सोनाम ल्होसारको शुभकामना

  • काठमाडौं । सोनाम ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति भण्डारीले बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक नेपाली समाजका पर्वहरु आपसी सद्भावका लागि महत्वपूर्ण भएको बताउनु भएको छ । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा शुभकामनाको शुभकामना दिंदै राष्ट्रपति भण्डारीले सोनाम ल्होसारले नेपालीहरुबीचको एकतालाई अझै सुदृढ बनाउने र समृद्ध मुलुक निर्माणमा सहयोग पुर्‍याउने बताउनु भएको हो ।

    images

    यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले सोनाम ल्होसारको शुभकामना दिंदै नेपालमा ऐतिहासिक र वैज्ञानिक महत्वका पर्वहरु रहेको बताउनुभएको छ । नेपालमा बस्ने सवै जात जातिका आ–आफ्नै परम्परा, पर्व र रीति रिवाज रहेको भन्दै उहाँले देशका सवै सँस्कृतिको एकीकृत स्वरुप नै राष्ट्रिय संस्कृति र पहिचान हो भन्नुभएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij