
Jun 12 2025 | २०८२, जेठ २९ गते
काठमाडौं । महिलालाई बलात्कार गरेको आरोपमा दाङमा एकजना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–२ बस्ने ३७ वर्षीय नमराज पौडेललाई पक्राउ गरेको हो ।
पौडेलले लमही नगरपालिका–६ स्थित बेलदमारको जंगलमा घाँस काट्न गएको अवस्थामा ती महिलालाई बलात्कार गरेको उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij