
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङबाट भागेका थुनुवा दुई दिनपछि समातिएका छन् ।
नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा वालिङ नगरपालिका-७ का २३ वर्षीय रमेश क्षेत्री पुस १० गते पक्राउ परेका थिए । पुस १८ गते दोस्रो पटक म्याद थपका लागि अदालत लगेर हिरासतमा राख्ने क्रममा उनले हातमा लगाएको हतकडी आफैँले फुस्काई कार्यालय पछाडी रहेको तार जालि नाघेर भागेका थिए ।
प्रहरी कार्यालयको बार नाघेर भागेका उनलाई लखेट्ने क्रममा प्रहरी हवल्दार हिरा सुनार घाइते भएका थिए । लडेर घाईते भएका प्रहरी हवल्दारलाई स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
फरार भएका क्षेत्रीलाई प्रहरीले ४८ घण्टापछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij