Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

बाबु हत्या अभियोगमा छोरा र ज्वाइँसहित तीन जना समातिए

बाबु हत्या अभियोगमा छोरा र ज्वाइँसहित तीन जना समातिए

  • काठमाडौँ । धनुषा मुख्यापट्टी मुसरनिया गाउँपालिका २ का ४० वर्षीय धनुखधारी दासलाई हत्या गर्न उनका २१ वर्षीय छोरा प्रदीप दासले पाँच लाखको सुपारी दिएको खुलेको छ । बुधबार धनुषा प्रहरीले उनको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेसँगै सो तथ्य पुष्टि भएको हो ।

    images
    images
    images

    हत्यामा उनका छोरा प्रदीप, महोत्तरी पिपरा गाउँपालिका ५ सहोडवाका ३४ वर्षीय ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिका २ का रञ्जित कुमार यादवलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
    यही पुस ९ गते उनको हत्या भएको थियो । दास हत्याको मुख्य योजनाकार उनको छोरा प्रदीप रहेको प्रहरी अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार सुटर रञ्जितले सेवाग्राही बनेर उनको हत्या गरेका थिए । पारिवारिक कलहका कारण प्रदीपले आफ्ना भिनाजु उदय दाससँग मिलेर योजना बनाएका थिए । उदय प्रहरी हवल्दार हुन् । उनी मधेस प्रदेश प्रहरी कार्यालयमा जनकपुरधाममा कार्यरत थिए । 

    images

    सुटर रञ्जितलाई मृतक दासका छोरा प्रदीप र ज्वाइँ उदयले घटनाको एक महिनापूर्व एक लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ । सुटर रञ्जितले दुई लाख १० हजार उदयमार्फत बुझेका छन् । बाँकी पैसा पछि दिने उनीहरुबीच सहमति भएको थियो ।

    पक्राउ परेकाहरूसँग प्रहरीले कटुवा पेस्तोल एक थान, गोली दुई राउन्ड, अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन दुई थान र आठ राउन्ड गोली बरामद गरेको छ । घटनामा मृतक दासको छोरा चढ्ने मोटरसाइकल प्रयोग भएको बताइएको छ । तर, मोटरसाइकल फेला परेको छैन ।

    मृतक दास मोटर ९पम्प० मर्मत गर्ने मिस्त्री थिए । केही दिनदेखि उनले घरमै ग्यास बिक्री गर्ने पसल पनि सुरु गरेका थिए । दासले दुईवटा विवाह गरेका थिए । जेठी श्रीमतीबाट उनको १८ र २० वर्षका दुई छोरा छन् । मृतक दास कान्छी श्रीमतीसँग बस्दै आएका थिए । कान्छी श्रीमतीसँग पनि एउटा छोरी छ ।

    जेठी श्रीमतीसँग केही दिनदेखि उनको विवाद हुँदै आएको थियो । अर्को विवाह गरेपछि सम्पत्ति बाँड्नु पर्ने कारणले पनि उनको हत्या गरिएको प्रहरीको अनुमान छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij