
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौँ । काठमाडौंको मिनत्रनगरस्थित एक गेस्ट हाउसमा युवती मृत भेटिएकी छिन् । मृत भेटिएकी युवती काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित स्वर्गद्वारी गेस्ट हाउसमा विगत तीन दिनदेखि बस्दै आएकी थिइन् ।
मृत युवती रोल्पा मादी गाउँपालिका-७ घर भएकी ३४ वर्षीया अस्मिता पुन रहेकी छिन् । उनी सुतेकै कोठामा मंगलवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij