
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्ने क्रममा ज्यान गुमाएका नेपाली कामदारलगायत अन्य मुलुकका आप्रवासी कामदारहरुको परिवारलाई विश्वसुन्दरी प्रतियोगिताले सहयोग गर्ने भएको छ ।
कतारमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने एक हजारभन्दा बढी नेपाली कामदारका परिवारलाई सघाउने मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले जानकारी दिएका छन् । विश्वकपको फुटबलको फाइनल हेर्न दोहा पुगेका उनले इन्स्टाग्राम पोस्टमार्फत मिस वर्ल्डको आगामी ७१ औं संस्करणको ब्युटी विथ पर्पस कार्यक्रममार्फत ज्यान गुमाएका कामदारका बालबच्चा, विधवा र बाबुआमालाई सम्बोधन गरिने जनाएका छन् ।
उनले रंगशाला निर्माणमा खटिएका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका आप्रवासी कामदारका परिवारलाई सघाउने जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij