
Jun 15 2025 | २०८२, असार १ गते
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१३, चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको रोङ गाउँपालिका–६ की २३ वर्षीया उषा राई रहेकी छन् ।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा पठाइएको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
हिजो बेलुका ना८ख ३३३६ नम्बरको ट्रकले मे७प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक सकुशल रहेको छ ।
प्रहरीचौकी चारआलीले ट्रक चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij