Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    मृत्यु हुनेमा महोत्तरीको भंगहा नगरपालिका–४ का २४ वर्षीय अमरेन्द्र महतो रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जनाएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको महतो सवार प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको मोटरसाइकल सोही दिशाबाट आउँदै गरेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसमा पछाडिबाट ठोकिएको उनले जनाए । 

    images

    विपरित दिशाबाट जाँदै गरेको बा ५ ख ५२७४ नम्बरको हायस गाडीमा अनियन्त्रित भएको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार महतो गम्भिर घाईते भएका थिए । गम्भीर घाइते भएका महतोको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij