Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

पुसमा '१० औं किन्डर ओलम्पिक २०७९' हुँदै

पुसमा '१० औं किन्डर ओलम्पिक २०७९' हुँदै

  • काठमाडौँ । आगामी पुस महिनामा काठमाडौँको दशरथ रंगशालामा ’१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ ।

    images
    images
    images

    अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा विगत १० वर्ष देखि नियमित रूपमा सञ्चालन हुँदै आइरहेको सो खेल उत्सव पुस २ र पुस ९ गते आयोजना हुँदैछ । काठमाडौँ, ललितपुर र भक्तपुरका ३२ वटा विद्यालयका विद्यार्थीहरू उक्त प्रतियोगितामा सहभागी रहनेछन् ।

    images

    सो प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिएको छ । जसमा नर्सरी, युकेजी, एलकेजीका साढे २ वर्ष देखि साढे ५ वर्षसम्मका साना खेलाडीहरूले भाग लिने आयोजक एकताका सदस्य विद्या श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । झन्डै १४ सय साना खेलाडीहरू प्रतियोगितामा समावेश हुने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij