Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

महानगर दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर

महानगर दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर

  • काठमाडौं । २८ औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाली सेनासँगको साझेदारीमा बृहत् स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण गरिरहेको छ ।

    images
    images
    images

    बुधबार र बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीको नाम दर्ता र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । सहिदगेटस्थित नेपाली सेनाको खेल मैदानमा उक्त शिविर सञ्चालन भइरहेको सेनाले जनाएको छ । 

    images

    शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, स्त्री रोग, अल्ट्रा साउण्ड बालरोग, आँखा रोग, नाक कान घाँटी रोग, नसा तथा मानसिक रोग तथा दन्तरोगसम्बन्धी परीक्षण र औषधि वितरण भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij