
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडाैं । दमक ९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीया तुलमाया तामाङलाई ५ ग्राम लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij