
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौँ । स्कूल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा सो दुर्घटना भएको हो ।
बसले ठक्कर दिँदा सशस्त्र प्रहरी केन्द्रीय कार्यालय, हलचोकमा कार्यरत बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी २९ वर्षीय सुवासचन्द्र रतेला (आइडी नम्बर ५३८३१) को ज्यान गएको हो ।
बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क१६१२ नम्बरको बसले रतेलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका रतेलालाई तत्काल उपचारका लागि बयोधा अस्पताल,बल्खु लगिएको थियो ।
उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त,कीर्तिपुरले सवारी साधन र चालक मनजित सिंहलाई नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij