
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । कर्मचारी संचयकोषको प्रशासकमा सरकारले जितेन्द्र धिताललाई नियुक्त गरेको छ । यसअघि उनी कार्यबाहक प्रशासकका रुपमा कार्यरत थिए ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको जानकारी दिए । यससँगै कर्मचारी संचयकोषको रिक्त नेतृत्वमा पदपूर्ति भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij