
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । केन्द्रीय अनुगमन तगा मूल्यांकन समितिको ६३औं बैठकले सिंहदरबार परिसरभित्र रहेका पुराना सवारी साधन लिलामी गर्ने भएको छ ।
ती पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायले कानुनअनुसार लिलामी गरिने निर्णय समितिले गरेको हो । समितिको बैठक मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा बसेको बैठकले सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यकरणजस्ता कामका लागि सम्बन्धित निकायले पहल गर्ने निर्णय समेत गरेको छ ।
बैठकले राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी कामलाई सरलीकरण गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij