Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय बढी चालक कारवाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४ सय बढी चालक कारवाहीमा

  • काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४०९ जना चालकहरूलाई  ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १५९ जना, फुटपाथमा पार्किङ गर्ने २४५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १२५ जना, जथाभाबी यात्रु चढाउने र ओराल्ने १२६ जना रहेका छन् ।

    images

    साथै तीव्र गतिमा सवारी साधन चलाउने ४४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ८५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, सडक लेन उल्लङ्घन गर्ने ४२ जना, ठीक नभएका सवारी साधन चलाउने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकलाई पनि कारवाही  गरेको कार्यालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij