
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । पोखरामा पनि युवा जेनजी पुस्ताको प्रदर्शन शुरु भएको छ ।
स्वस्फुर्त रुपमा प्रदर्शन शुरु भएको छ । बर्षा भइरहेको भएपनि युवाहरु छाता र रेनकोट ओढेर प्रदर्शन शुरु गरेका छन् ।
भ्रष्टाचार तथा बेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा युवाहरुले आज देशका प्रमुख शहरमा प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय झन्डा र प्लेकार्ड सहित विद्यार्थीदेखि जेनजी पुस्ताका युवाहरुले प्रदर्शन शुरु गरेका छन् ।
यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने युवाहरुले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij