Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

विश्वकप छनौट अन्तर्गत स्पेन र जर्मनी विजयी

विश्वकप छनौट अन्तर्गत स्पेन र जर्मनी विजयी

  • काठमाडौं । युरोपको फिफा विश्वकप छनौट अन्तर्गत स्पेन र जर्मनी विजयी भएका छन् ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा सेर्गी ग्नाब्री, नाडीएम अमिरी र फ्लोरियन विर्त्जले एक एक गोल गरेका थिए ।

    images

    त्यस्तै उत्तरी आयरल्याण्डका लागि एक गोल इसाक प्राइसले गरेका थिए । विश्वकप छनौटको पहिलो खेलमा स्लोभाकियासँग २-० ले स्तब्ध भएको जर्मनीले दोस्रो खेलमा जित हासिल गरेको छ ।यो जितपछि समुह ए मा रहेको जर्मनीको २ खेलमा ३ अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ ।

    त्यस्तै र खेलमा ३ अंक नै रहेको उत्तरी आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै गएराती सम्पन्न अर्को खेलमा स्पेनले टर्कीलाई ६-० ले हराएको छ । स्पेनको जितमा मिकेल मेरिनोले ह्याट्रिक गरेका थिए भने पेड्रीले २ गोल तथा फेरान टोरेजले एक गोल गरेका थिए । यो जितपछि समुह इ मा रहेको स्पेनको २ खेलमा ६ अंक रहेको छ र शिर्ष स्थानमा छ ।

    त्यसैगरी टर्कीको भने २ खेलमा ३ अंक रहेको छ र हाल समुहमा तेस्रो स्थानमा रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij