Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले दिए राजीनामा

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले दिए राजीनामा

  • काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आफ्नो पदबाट राजीनामा दिएका छन् । यस वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारुढ गठबन्धन सरकारले संसदको माथिल्लो सदनमा बहुमत गुमाएको थियो । 

    images
    images
    images

    यसपछि इशिबाको राजनीतिक स्थिति चुनौतीपूर्ण बनेको भनिन थाल्यो ।

    images

    जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ । सत्तारुढ गठबन्धनले गत वर्ष अक्टोबरमा तल्लो सदनमा बहुमत गुमाइसकेको थियो ।

    चुनावको समयमा प्रधानमन्त्री इशिबाले आफू पदमा रहने बताएका थिए। उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणको रूपमा उल्लेख गरे ।

    “जापानले अगस्ट १ सम्ममा अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिनुपर्छ । यो मेरो प्राथमिक जिम्मेवारी हो,” इशिबाले त्यतिबेला भनेका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij