Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

नवनिर्वाचित सभापति खतिवडाले लिए शपथ

नवनिर्वाचित सभापति खतिवडाले लिए शपथ

  • काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) का नवनिर्वाचित सभापति रामहरी खतिवडाले शपथ लिएका छन् । सोमबार खतिवडालाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ गराएका हुन् । खतिवडा संसदीय सुनुवाई समितिको सभापतिमा भदौ २० गते निर्बिरोध निर्वाचित भएका थिए ।

    images
    images
    images

    शपथ समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलगायत उपस्थित रहेका थिए ।

    images

    यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।

    यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।

    संसदीय सुनुवाई समितिका नवनिर्वाचित सभापति खतिवडाले लिए शपथ

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij