
Apr 30 2025 | २०८२, वैशाख १७ गते
कर्णाली । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाहीको एकल उम्मेदवारी परेको छ । शनिबार हुने महासङ्घको निर्वाचनका लागि शाहीको एकल उम्मेदवारी परेको हो ।
निर्वाचन अधिकृत विवश बस्नेतका अनुसार मनोनयन दर्ता गर्ने अन्तिम समय बिहीबार ४ः०० बजेसम्म उहाँको मात्र उम्मेदवारी परेको थियो । उद्योग वाणिज्य सङ्घ सुर्खेतका पूर्व तथा कर्णाली प्रदेश समितिका निवर्तमान अध्यक्षसमेत रहनुभएका शाहीको एकल उम्मेदवारीले पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित हुने पक्का भएको छ ।
गएको कार्यकालमा अधूरा रहेका काम पूरा गरी कर्णालीको उद्योग, पर्यटन र निजी क्षेत्रको विकासका लागि आफूले पुनः उम्मेदवारी दिएको उहाँले बताउनुभयो । त्यस्तै एशोसिएटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती ९सुर्खेत०, कोषाध्यक्षमा सुधन श्रेष्ठ ९सल्यान० र एशोसिएटतर्फको सदस्यमा सीताराम कार्की र झविन्द्र खत्री निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेका निर्वाचित भएको औपचारिक घोषणा शनिबार मात्र गरिने निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी जिल्ला–नगरको उपाध्यक्षमा भानुभक्त बराल ९कालीकोट० र रज्जब अली मनियार ९जुम्ला० को उम्मेदवारी परेको छ । त्यसका साथै जिल्ला–नगरको पाँच सदस्यका लागि नाङ्गेल लामा ९हुम्ला०, नवीन विक ९सुर्खेत०, कविराज कँडेल ९सुर्खेत०, भुवन ज्ञवाली ९सुर्खेत०, कर्ण खत्री ९जाजरकोट०, पहल खड्का ९रुकुम पश्चिम० र कृष्ण कोइराला ९दैलेख० को उम्मेदवारी परेको जनाइएको छ ।
निर्वाचन अधिकृत बस्तेका अनुसार निर्वाचनमा एशोसिएटतर्फ ४४ र जिल्ला–नगरतर्फ ११ मतदाता छन् । जिल्ला–नगरतर्फको उपाध्यक्ष र सदस्यका लागि शनिबार निर्वाचन हुने निर्वाचन समितिले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij