Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

एमसीसी आजै अनुमोदन हुन्छ : रामचन्द्र पौडेल

एमसीसी आजै अनुमोदन हुन्छ : रामचन्द्र पौडेल

  • काठमाडौं/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग परियोेजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आजै संसदबाट अनुमोदन हुने बताएका छन् । सत्ता गठबन्धन समन्वय समितिको बैठकपछि सञ्चाकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न सम्बन्धमा गठबन्धनका सबै पार्टीको सहमति जुटेको बताए । एमसीसी अनुमोदन गर्दा जुन कुरामा शंका उठाइएको छ । ती कुराहरुलाई प्रष्ट पार्ने सहमति भएको उनले उनको भनाइ छ ।

    images
    images
    images

    उनले भने,‘नेपालको संविधान नैै सर्व हुन्छ । यो सम्झौता विकास सहयोगका रुपमा मात्र हो ।’ त्यस्तै आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दलको भूमिका सकारात्मक रहने पनि नेता पौडेलले बताए । एमाले सरकारमा रहँदा एमसीसी संसदबाट पास गर्नुपर्छन भन्ने पक्षमा रहेकाले एमालेको भूमिका सकारात्मक हुने उनको भनाइ छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij