
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका पुरुषलाई सशस्त्र प्रहरीले आइतबार जीवितै उद्धार गरेको छ ।
अन्दाजी ४०/५० वर्षीय पुरुष नारायणी नदीमा माथि बाट बग्दै आएको देख्ना साथ सशस्त्र प्रहरी बल नेपाल आईआरटि पोष्ट पुलचोक बाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको कमाण्डमा खटिएको सुरक्षा फौजले जीवितै उद्धार गर्न सफल भएको हो ।
उद्धार पश्चात उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन तर्फ पठाएको छ । उनको अवस्था सामान्य रहेको भएता पनि नाम वतन भने खुलाउन सकेका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij