Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

हवाई आक्रमण

इरानद्वारा इजरायलमा हवाई आक्रमण, १६ जना घाइते

इरानद्वारा इजरायलमा हवाई आक्रमण, १६ जना घाइते

  • काठमाडौं । आइतबार बिहान इरानको आक्रमणबाट इजरायलमा १६ जना घाइते भएका छन् ।

    images
    images
    images

    इजरायली आपत्कालीन सेवा ‘मैगन डेविड एडोम’ले इरानबाट भएको हवाई आक्रमणमा १६ जना घाइते भएका र उनीहरूको उपचार भइरहेको जनाएको छ ।

    images

    इजरायली प्रहरीका अनुसार इरानी आक्रमण पछि तेल अभिवमा रहेको एक भवनमा क्षति पुगेको छ । उक्त क्षतिग्रस्त भवनबाट ६ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । ती ६ जनालाई पनि सामान्य चोट लागेको जनाइएको छ ।

    प्रहरीका अनुसार अहिले पनि भवनहरू भित्र फसेका मानिसहरूको खोज तथा उद्धार कार्य जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij