
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । उदयपुरमा दुई जना जनप्रतिनिधिको निधन भएको छ । रौतामाई गाउँपालिका-२ का वडा अध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका-३ का वडा सदस्य छविलाल मगरको निधन भएको हो ।
रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार उनीहरू दुबै जनाको शनिवार निधन भएको हो । कांग्रेसबाट निर्वाचित वडा सदस्य मगरको घरमै निधन भएको हो भने वडाध्यक्ष दाहालको अस्पतालमा निधन भएको हो ।
मुटु रोगी रहेका वडाध्यक्ष दाहालको उपचारकोक्रममा निधन भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले जानकारी दिए । उनले भने, ‘वडाध्यक्ष दाहालको टिचिङ अस्पताल महाराजगञ्जमा मुटुको अपरेसन गरिएको थियो । सुगर र प्रेसरको पनि रोगी थिए । धेरै वटा रोग भएकाले अपरेसन सफल हुन सकेन । शनिवार उनको निधन भएको हो ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij