
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका राजदूत डा.नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका राजदूत तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij