Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको भ्रमण बोधगयामा हुने भएको छ ।
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा यस पटक नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन् । नेपाली सेनाको यस विमानको लागि भारतीय पक्षसँग अनुमति लिने प्रक्रिया सुरु गरिएको छ ।
ओलीसहितको प्रतिनिधिमण्डलले सेनाको विमानमा काठमाडौंबाट भारतको बोधगया जाने छन्। बोधगयामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने चाहन ।
ओलीको दुई दिने भ्रमण कार्यतालिकाबारे छलफल गर्न भारतीय विदेश सचिव बिक्रम मिश्री आज काठमाडौँ आएका छन्।
उनले आजै प्रधानमन्त्री ओलीसँग भेट गरेर भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij